नेपाल एस.बि.आई बैंक चामुन्डा शाखा मार्फत राउटे बस्तिलाई खाद्यान्न वितरण

रंग शाही, दैलेख । नारी दिबसको अबसरमा नेपाल एस बि आई बैंक चामुन्डा शाखाले राउटे बस्तिलाई खाद्यान्न वितरण गरेको छ । दैलेखको चामुन्डा बिन्द्रासैनि नगरपालिका वडा नं ७ मा पर्ने कर्णाली नदिको किराना लामादुवालामा बसोबास गरिरहेका राउटेहरु लाई नारी दिबसको अबसर पारेर नेपाल एस आइ बि बैंक चामुन्डा शाखाले खाद्यन्न वितरण गरेको हो ।

कार्यक्रममा नगर उपप्रमुख मनसरा रेग्मी, ७ नं. वडा अध्यक्ष इन्द्र चौलागाईं, बैन्क मेनेजर सैलेन्द्र बुढाथोकी र स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।