चामुण्डा बिन्द्रासैनीमा पालिका स्तरिय हाजिर जबाफ प्रतियोगिता सम्पन्न

रंग शाही, दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पालिका स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । यो प्रतियोगिता एभरेष्ट क्लब दैलेखको पहिलो कदम परियोजनाको आर्थिक सहयोगमा शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको थियो ।

माध्यमिक तह स्तरीय हाजिर जवाफ प्रतियोगिता फागुन २४ गते नगरपालिकाको प्राङ्गणमा सञ्चालन गरीएको थियो । यसमा १२ वटा माध्यमिक विद्यालयहरुको सहभागितामा रहेको थियो । १२ वटा विद्यालय मध्य भैरव मा.वि डौँसुर पहिलो स्थान ओगेट्न सफल भएको थियो भने जनता मा.वि मष्टामाडु दोस्रो , जयदेव मा.वि जबमुकाधँ तेस्रो र चामुण्डा मा.वि हाडाकोट सान्त्वना भएको थियो