महाशिवरात्रि का लागि नेपाल प्रहरीको सुरक्षा योजना सार्वजनिक

नेपाल प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना सार्वजनिक गरेको छ । भोलि पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रीको अवसरमा मेला लाग्ने भएको छ । उक्तमा मेलामा भक्तजनहरूको भिड हुने भएकाले सुरक्षा योजना लागू गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । सुरक्षा योजना फागुन २६ गतेसम्म लागू हुनेछ ।
पशुपति परिसर मा २४ सै घण्टा स्वस्थ्य सुरक्षा हुने मैनाली ले बताउनु भयो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीको कमान्डमा प्रहरी परिचालन हुनेछ । मेलामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङ, ड्रोन, सीसीटीभी क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत निगरानी गरिने प्रहरीले जनाएको छ । त्यस्तै भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पतालबाट डाक्टर सहितको एम्बुलेन्स रहनेछ । सामान्य बिरामी सोही ठाउँमा उपचार हुने पनि बताए ।