चिनियाँ नागरिकलाई नेपाली नागिकता दिलाउने अधिकृत पक्राउ

६० किलो सुन तस्करीमा आरोपित दुई जना चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक जना शाखा अधिकृत पक्राउ परेका छन । बागमती प्रदेशसभा सचिवालयमा कार्यररत अधिकृत छैठौं रामचन्द्र अर्याल पक्राउ परेका हुन । प्रक्राउ बारे जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालय काभ्रेमा रहदा उनले चिनियाँ नागरिकलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा उनलाई मकवानपुर प्रहरीले पक्राउ गरी कार्भे प्रहरीको जिम्मा लगाएको हो ।

६० किलो सुन तस्करीमा पक्राउ परेका २ चिनियाँ नागरिकमाथि अनुसन्धान हुँदा उनीहरूले काभ्रेबाट नेपाली नागरिकता लिएको खुलेको थियो । यो प्रकरणमा नेपाल प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ । चिनिया नागरिक दावाले नागरिकता लिदा निमा तामातख नाम प्रयोग गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २० पुस २०७४ मा चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङले वंशजका आधारमा नागरिकता लिएका थिए । उनीहरूले नागरिकता लिँदा पक्राउ परेका अर्याल नायब सुब्बा थिए । र उनैले कम्प्युटर प्रणालीमा चिनियाँ नागरिकको नाम प्रविष्ट गराएको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले म्याद थप गरी अनुसन्धान प्रकृया भैरहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

६० किलो सुन तस्करी आरोपित चिनियाँ नागरिकलाई नेपाली नागिकता दिलाउने अधिकृत पक्राउ