भुमीहिन सुकुम्बासीको काम तिब्र गतिमा अगाडी बढाउदै बराहताल गाउँपालिका

दुर्गा खड्का, सुर्खेत । लामो समय देखी अन्यौलमा रहेको भुमिहिन सुकुम्बासीको काम बराहाताल गाउँपालिकाले तिब्र गतिमा अघि बढाइरहेको छ । यस भन्दा अघि गठन भएका विभिन्न आयोगहरुले जग्गा दर्ता प्रकृयाको काम थालनी गरेको भएपनी पुर्ण रुपमा कार्यान्वयन भैसकेको थिएन ।

हालसम्म ३८०० जनाको लागत प्रविष्ट लिईसकेको पालिकाले भुमिहीन सुकुम्बासी १५५, भुमीहीन दलित संख्या १८२ र अव्यवस्थित बसोबासीहरुको संख्या ४८२९ रहेको राष्ट्रिय भुमी आयोग बराहताल सेवाकेन्द्र सुर्खेतले जनाएको छ ।

हालसम्म वडा नं.५,२ र ४ मा ३५० ओटा पुर्जा बितरण गरिसकेको छ भने ४०६ ओटा पुर्जा तयार गरिसकेको पालिकाले अब अन्य क्षेत्रमा पनी तत्काल पुर्जा बितरण गर्न सक्ने सम्भावना देखिएको छ । बराहताल गाँउपालिकाका रोजगार संयोजक रामकृष्ण गौतम भन्छन हिजो काँहा देखी कसरी काम सुरु गर्ने भन्ने अन्यौलतामै केही समय बित्यो, कर्मचारीहरुले काम गर्ने मेसो नै पाएनन्, वडामा समन्वयको कुराले अन्यौलता थप्यो, काम गर्न हिडेकाहरुले पनी अल्लमल्लमा परेर केही समय काम पछाडी धकेलिएको थियो । तर अहिले काम गर्दै जाँदा अनुभव पनी थपियो, समस्या कसरी समाधान गर्ने भन्ने कुरामा सबै कर्मचारीहरु पोख्त भैसकेका छन । त्यसैले भुमिहिन सुकुम्बासीका कामहरु धमाधम भैरहेका छन् ।

उनका अनुसार कामको बाँडफाड गरेर पालिका अगाडी बढेको छ । पहिलो चरणमा यस अघिका आयोगहरुले काम थालनी गरी सम्पन्न नगरेका अधुरा अपुरा काम गरिरहेको छ । पहिलो चरणमा अधुरा अपुरा काम अन्र्तगत रहेका ३३०० कित्ताको काम गरिरहेको छ ।

आर्थिक वर्ष २०८० । ८१ को असार मसान्त सम्ममा २२०० जग्गाधनी प्रमाण पुर्जा तयार गरी वितरण गर्ने र आगामी आर्थिक वर्ष को पौष मसान्त सम्ममा अधुरा अपुरा तर्फका सम्पुर्ण जग्गाहरुको नापजाँच प्रकृया पुरा गरी सक्ने लक्ष्य रहेको संयोजक गौतमले जनाएका छन् ।

पहिलो चरणमा अधुरा, अपुरा काम सकिएपश्चता तत्काल भुमीहीन दलित, भुमीहीन सुकुम्बासी र अव्यवस्थित बसोबास तर्फका जग्गाहरुको व्यवस्थापनको कार्य अघि बढाउने तयारी रहेको गौतमले जनाएका छन् ।

लाईका खबरसंगको कुराकानीमा बराहताल गाँउपालिकाका अध्यक्ष भिम भन्डारीले भुमिहिन सुकुम्बासीको समस्या पालिकाको ठुलो रोगका रुपमा रहेको बताएका छन् । उनले भने हाम्रो पालिकामा भुमिहिन सुकुम्बासीको समस्याले धेरै नागरिकलाई जग्गाको मालिक हुनबाट रोकेको छ । मैले चुनावताका मेरा पालिका बासीलाई भुमिहिन सुकुम्बासीका समस्या समाधान गर्ने प्रतिबद्दता समेत गरेको थिए । आज अहोरात्र खटिएका कर्मचारी, वडाका जनप्रतिनिधी, सहजीकरण समितिका सदस्यहरु लगाएत गाँउका भद्रभालाद्मी सबैको सकारात्मक सहयोगमा गाँउ गाँउमा गएर उनिहरुलाई उनिहरुकै जग्गाको पुर्जा बितरण गर्न पाँउदा एकदमै खुसी भएको छु ।

उनले भने गाँउ गाँउमा गएर प्ुर्जा बितरण गर्दाको क्षेण, पुर्जा पाउदा नागरिकको अनुहारमा देखिएको खुसी र उनिहरुले देखाएको मायाँले मलाई थप उर्जा प्राप्त भएको छ । अब जसरी तसरी छिट्टै भुमिहिन सुकुम्बासीका पुरै समस्या समाधान गर्ने तर्फ अगाडी बढने छौ ।