बाराकाे अमलेखगञ्जमा बस दुर्घटना, १८ घाईते

बारामा चितवनबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भै बाराको अम्लेखगञ्ज ३ नं पुल नजिकै दुर्घटना भएको छ । मंगलबार भएको सो दुर्घटनामा १८ जना घाइते भएका छन । उक्त बसमा जम्मा ३० जना यात्रु रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

तिब्र गतिमा गुडेको बस ना ६ ख ९०३० नम्बरको यात्रुवाहक बस अनियन्त्रित हुँदा सडकबाट २० मिटर तल खसेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

बस दुर्घटनामा घाइते हुने १८ जनामध्ये एक जना महिला गम्भीर रहेको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन । गम्भीर घाइते भएकी महिलाको परिचय भने खुलेको छैन ।

ईप्रका सिमराका प्रमुख क्षेत्रीले तीव्र गतिमा गुडेको गाडी अनुसन्धानका अनुसार गाडी अनियन्त्रित भएर सडकबाट तल खसेको बताएका छन । घाइतेहरूलाई उपचारका लागि हेटौडा अस्पताल लगिएको छ । घाइते हने सबैजनाको आकस्मिक उपचार भैरहेको बताए । सम्पुर्ण यात्रुहरुको परिचय खुल्न बाकि छ ।