आफ्नै व्यारेकभित्र झुण्डिएको अवस्थामा फेलापरे सशस्त्रका डीएसपी बस्याल ?

मोरङमा सशस्त्रका डीएसपी झुण्डिएको अबस्थामा मृत फेला परेका छन् । धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख समेत रहेका डिएसपी उपेन्द्र बस्याल सोमबार गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए । अहिले प्रहरी टोली घटनास्थल पुगेको र घटनास्थललाई सुरक्षित गरेर मृतकका घरपरिवारलाई कुरेर बसिरहेको प्रवक्ता एसपी तिमल्सिनाले बताए ।

‘अहिले घटनास्थलमा प्रहरी आफन्त घरपरिवारलाई कुरेर बसिरहेको छ,उनले भने मृतकको परिवार आइपुग्ने बित्तकै शव पोस्टमाटमको लागि अस्पताल पठाईने छ । अहिले कसैलाई पनि भित्र प्रवेश गरेर हेर्न दिइएको छैन ।’

कार्यालयभित्र डोरीको पासो लगाएरको बाहिर बाट मात्रै देखिएको प्रहरीले जनाएको छ । ३८ वर्षीय बस्याल पाल्पा जिल्लाको रहेको बताईएको छ भने उनको परिवार काठमाडौंमा बस्दै आएको बताईएको छ । घटनाको सुक्ष्म अनुसन्धान भईरहेको र परिवार आउने बित्तकै शव उठाईने प्रहरीले जनाएको छ । राजधानीमा सामाचार छ ।