दैलेखमा नेकपा एसलाई झड्का, केन्द्रिय सदस्य सहितका कार्यकर्ता एमालेमा

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बरुनाथ योगी एमालेमा फर्किएका छन । नेकपा एमाले दैलेखले आइतबार दैलेखमा आयोजना गरेको कार्यक्रममा योगीलगायत नेकपा एस दैलेखका २५ जना नेताहरू एमालेमा फर्किका हुन ।

नेकपा एसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद पार्वती विशुंके, प्रदेश कमिटी सदस्य भूपेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य बालकृष्ण केसी, जिल्ला कमिटी उपाध्यक्ष निरक शाही, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव कमल रिजाल, विद्यार्थी संगठनका केन्द्रीय सचिव भरत शाहीलगायतका नेताहरू एमालेमा फर्किएका हुन । शिलापत्रमा समाचार छ ।