बराहतालको टोल स्तरिय फुटबल प्रतियोगिताको उपाधी बडिचौर बजारलाई

करिब ४ दिन सम्म संचालनमा रहेको फुट्बल प्रतियोगिताको फाईनल उपाधी बडिचौर बजारले जित हात पारेको छ । बर्षाको कारणले पनि नरोकिएको उक्त्त खेल अन्त्यन्तै घम्सघम्सी परेको थियो । आज भएको फाइनल खेल शान्ती टोल (सालघारी ) र बडिचौर बजारकाे रहेको थियो । पहिलो हाफमा शान्ति टोल सालघारीलाई बडिचौर बजारले ४ गोल हान्न सफल भएको थियो भने शान्तीटोल सालघारीले पहिलो हाफमा १ गोल फर्काएको थियो ।

द्रोसो हाफपछि खेल अझ रोजक बन्न पुग्यो सिमसिमे बर्षा परिरहेको बखत पनि बडिचौर बजारले शान्ती टोल सालघारीलाई ४ गोल हान्न सफल भयो । त्यसैका बिरुद्द शान्ती टोलले बडिचौर बजारलाई ३ गोल फर्काएको थियो । खेलको अन्तिम मिनेटमा बडिचौर बजारले थप एकगोल प्रहार गरि गोल अंक ९ पुर्याउदै पहिलो स्थान हात पार्न सफल भएको हो । शान्ति टोल ( सालघारी)ले बडिचौर बजारलार्इ ४ गोल हानी द्रोसो स्थान जमाएको छ । अब केही महिना पछि बराहतालमा अध्यक्ष कपको आयोजना गरिने बराहताल गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी पुन मगरले बताउनु भयो ।

खेलमा अनुसाशन महत्व हुने भएकाले सबै खेलाडीले अनुशासन भएर खेल खेलेको वर्डा न ५ का वडा अध्यक्ष धिमराज जोल्मी मगरको भनाई रहेको थियो । फाईनल खेलको उत्कृष्ट गोल किपर मीन बस्नेत , उत्कृष्ट खेलाडी रुद्र खड्का र सर्बाधिक गोल खेलाडी भने प्रशान्त सारु मगर भएका छन । समापन कार्यक्रमको प्रमुख अतिथि उपाध्यक्ष लक्ष्मी पुन मगर , कार्यक्रमको सभाध्यक्ष धिमराज जोल्मी मगर र अन्य अतिथीहरुको उपस्थिति थियो । प्रथम , दित्तिय र तृतीय हुने खेलाडीलाई कप ,मेडल ,प्रमाण पत्रले सम्मान गरिएको थियो ।