नाबालिका सालिनको पोष्टमार्टम रिर्पोट भन्छः ’बलात्कार भएको होइन’

गत शनिबार चितवनको होस्टेलमा मृत्यु भएकी नाबालिका सालिन पोख्रेलको पोष्टमार्टम रिर्पोटले बलात्कार नभएको देखाएको छ । मृतकका बुवाका अनुसार प्रारम्भिक रिर्पाटमा गुप्ताङ्गमा घाउ देखिएको भन्ने थियो तर अहिले टिचिङ अस्पतालको रिपोर्ट अनुसार बलात्कार नभएको जानकारी प्राप्त भएको छ ।
सालिन पोख्रेलको शवको पोष्टमार्टम काठमाडौको टिचिङ अस्पताल गरिएको थियो । ।

रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो । पोख्रेलको शव होस्टेलको कोठामा रहेको पंखाको डोरीमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

घटना हेर्दा शंकास्पद भएपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
सालिनको बलात्कार पछि हत्या भएको भनी परिवारले आन्दोलन गरिरहेका छन । साथै सामाजिक सञ्जालमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भइरहेको छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन । तर अहिले सम्म पुर्ण रुपमा घटना को निचोड भने आउन सकेको छैन ।