पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत आउँदै

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत आउदै हुनुहुन्छ । ३ : १५ बजे बुद्ध एयरको उडान नं. १३५ मार्फत पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंबाट सुर्खेत प्रस्थान गर्नुभएकाे हाे ।

वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस सन् २०२४ को अवसरमा आयोजित प्रथम कर्णाली प्रदेश महिला सम्मेलनलाई भोलि सम्बोधन गर्नका लागि आईपुगेको स्रोतले जानकारी दिएको छ ।

भाेलिदेखि सुरू हुने “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी“ भन्ने नाराका साथ बिरेन्द्रनगर नगरपालिकाले सिटि हलमा भोलि फाल्गुण २१ गते महिला सम्मेलनको उत्घाटन गर्दै छ ।

सम्मेलनमा कर्णाली प्रदेशमा रहेको विभिन्न नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायत स्थानीय स्तरका नेकपा एमालेको विभिन्न संगठनहरुमा आवध्द रहेका करिव १००० महिला नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने छ ।