सुर्खेतमा एकजना होटलको छतबाट खसे । घटनास्थलमै मृत्यु

सुर्खेत । घरको छतबाट खसेर एक जनाको मृत्युु भएको छ । वीरेन्द्रनगर-६ गोदामलाईनमा रहेको नौलो होटलको पहिलो तलाको छतबाट खसेर दिप चन्दको मृत्यु भएको हो ।

५१ वर्षीय चन्द गएराती कतिबेला छतबाट खसेका हुन भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले जानकारी दिए ।

उनकाअनुसार पहिलो तलाबाट दुई घरको विचमा खाली रहेको ठाउँमा खसेको अवस्थामा शव भेटिएको हो । उनी विहान मृत अवस्थामा भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

चन्द दैलेख नौमुले गाउँपालिका-८ चौराठा खतेनाका हुन । उनी पूर्व ओभरसियर र शिक्षक हुन् । चन्दको शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएको छ ।
नेपाल कर्ममा समाचार छ ।