बलात्कारी पनि दुई प्रकारका हुने रहेछन ः गायिका समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।

गायिका अधिकारीले बलात्कारीहरूलाई फाँसीको सजाय हुनुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन । पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन तर जीवनभर मार्छन दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन न प्रमाण छाड्छन यी दुवै फाँसीका लायक छन् ।’