वृद्धको हत्या पश्चात फरार दम्पति पक्राउ

रसुवाका वृद्ध व्यक्तीको हत्या गरी फरार रसुवाका दुई दम्पतिलाई नुवाकोट प्रहरीले प्रक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ३ ठूलोगाउँ वस्ने वर्ष ७१ भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले रसुवाको कालिका गाउँपालिका वडा नं. २ धैबुङ वर्ष ४१ चेतबहादुर दमाई र उनकी श्रीमति वर्ष खाख३१ दीपा भट्ट भुषाललाई पक्राउ गरेको हो ।
कामको गर्नका लागि लामो समयदेखि घर छाडी किस्पाङ गाउँपालिका क्षेत्रमा बस्दै आएका मृतक भट्टलाई पुरानो रिसिविको कारण फागुन १५ गते विहान ८ बजेको समयमा किस्पाङको खत्रिकुनास्थित पोलेरो जंगलमा ललाई फकाई गरी ल्याई श्रीमान श्रीमति मिली विभत्स हत्या गरी फरार रहेको नुवाकोट प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले काठमाडौंबाट तालिम प्राप्त कुकुर प्रयोग गरेको थियो ।
घट्नास्थलबाट फरार रहेका दम्पतिलाई नुवाकोट प्रहरीले काठमाण्डौ महानगरपालिका वडा नं. १६ बालाजु बाइपासबाट पक्राउ गरेको हो । अभियुक्तहरुलाई जिल्ला अदालत नुवाकोटबाट शुक्रवार सात दिनको म्याद थप गरप्ी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।