सेफ्टी ट्याङकीकाे सिटमुनीबाट ४७५ बोतल लागुऔषध बरामद, एक जना पक्राउ

नालीको फोहोर सफाइमा प्रयोग हुने सेफ्टी ट्याङकीकाे सिटमुनिबाट ४७५ बोतल प्रहरीले लागु औषध बरामद गरेको छ । ट्याङकीकाे प्रयोग गरी लागुऔषधको कारोबार गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन । विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जम्मुडाँडास्थित सडक किनारबाट सर्लाही ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ परेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार लागु औषध कारोबार गर्ने शंकास्पद व्यक्तिलाई पछ्याउदै जाने क्रममा फागुन १६ गते राति सडक किनारमा रोकी राखेको ना ८ख २०२२ नम्वरको सेफ्टी ट्याङकीको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको थियो ।
सोही समयमा मोक्तानसहित लागु औषध ओसारपसारमा प्रयोग गरिएको सेफ्टी ट्याङ्कर समेत बरामद गरेको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्कीले बताए ।