शर्मिला वाइबालाई थप चार दिन थुनामा राखिने

प्रहरीले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्ने अनुमति पाएको छ । कुटपिट गरेको आरोपमा हिजो पक्राउ परेकी शर्मिला वाईबालाई चार दिन म्याद थप गरीएको प्रहरीले जानकारी दिएको छ । काठमाडौं जिल्ला अदालतले कुटपिटको कसुरमा अनुसन्धानका लागि चार दिनको अनुमति दिएको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारीले जानकारी दिए ।

बुधबार सिन्धुपाल्चोकबाट पक्राउ गरी शर्मिलालाई काठमाडौं ल्याइएको थियो । उनलाई अहिले महाराजगञ्ज परिसरमा राखिएको छ । शर्मिलाविरुद्ध हास्यकलाकार पवन खतिवडा ’म्याकुरी’ले जाहेरी दिएका थिए । पवन र उनकी श्रीमतीबीचको विवादमा शर्मिलाले पवनकी श्रीमतीलाई उचालेर कुटपिट गरेको आरोप लागेको छ ।