अग्लो सिरानीमा सुत्दा देखिने समस्या

सुत्नका लागि सिरानी सबैभन्दा महत्वपुर्ण कुरा हो । किनभने सिरानीले हाम्रो निद्राको गुणवत्तामा सीधा प्रभाव पार्छ । वास्तवमा, सही तरिकाले सुत्नका लागि एउटा सिरानीको आवश्यक पर्छ । तर अग्लो सिरानीमा सुत्नु नोक्सानदायक पनि हुन्छ । धेरै मानिसलाई अग्लो सिरानी नभइ निद्रा लाग्दैन, तर अग्लो सिरानीमा सुत्दा निम्न नोक्सानहरु हुन्छन् ।

गर्दन दुख्नु
अग्लो सिरानीको प्रयोगले गर्दनमा असह्य पीडा हुन्छ । लामो समयसम्म अग्लो सिरानीमा सुत्नाले गर्दनको मांसपेशिमा तनाव बढ्छ । शरीरमा असहज महसुस हुन्छ ।

निद्रामा कमी
अग्लो सिरानीको प्रयोगले निद्राको गुणवत्तामा असर पर्छ । यसले समयमा उठ्ने र सहि समयमा सुत्ने क्षमतालाई कम गर्छ । जसका कारण टाउँको दुख्ने , अनिदो महसुस हुने जस्ता समस्या देखा पर्छन ।

स्पाइनल कर्डको समस्या
अग्लो सिरानीको प्रयोग गर्नाले ढाड दुख्नुको साथै स्पाइनल कर्डको समस्या पनि हुन्छ । यो समस्यामा ढाडको मांसपेशिलाई तनावमा पुर्याउछ । जुन दुखाईको कारण बन्न सक्छ ।

टाउको दुख्ने र माइग्रेन
अग्लो सिरानीमा सुत्नाले टाउको दुख्ने र माइग्रेनको समस्या हुन्छ । जसले सिरानीले अनुचित पोजिशनमा लग्छ र टाउको दुख्नुको सम्भावना बढ्छ ।

यी सबै नोक्सान हुँदा-हुँदै पनि केहि मानिस अग्लो सिरानीमा सुत्नुको आनन्द लिन्छन् । यद्यपि, तपाईँलाई पनि अग्लो सिरानीमा सुत्दा कुनै पनि प्रकारको समस्या भइरहेको छ भने डाक्टरसंग सम्पर्क गर्नुहोस् ।