मेयर बालेनलेका बिरुद्ध कानुनी उपचार खोज्ने महिला कर्मचारीको तयारी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशासनमा बिना कारण लामो समय देखी जिम्मेवारी बिहिन बनाएको भन्दै आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले कानुनी उपचार खोज्ने बताएकी हुन । उनले लामो फेसबुक स्टाटस लेख्दै उक्त कुरा जानकारी गराएकी हुन । मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने घोषणा गरेकी हुन ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारी विहीन बनाएर करार कर्मचारीलाई अनियमित ढंगले पैसा खर्च गरेको गुनासो गरेकी छन् ।

यस अघि पनी उनले काठमान्डौ महानगरपालिका र मेयर बालेन शाहका बिरुद्धमा स्टाटस लेख्दै आएकी थिईन ।