जुम्लामा विमानस्थल बनाउनका लागि रकम छ तर जग्गा छैन

जुम्लामा विमास्थलको काम अलपत्र परेकाे छ । विमानस्थल बनाउनका लागि रकम भए पनी जग्गा नहुदा अलपत्र परेकाे हाे ।यस अघी गत भदौमै ४ करोड ४२ लाख रुपैयाँ बिनियाेजन भैसकेकाे थियाे । तर जग्गा नभएकाेले साे रकम कार्यान्वय गर्न सकिएकाे छैन ।

’जुम्ला विमानस्थलको विस्तारको लागि १८ हजार ३ सय ८० रोपनी जग्गा अावश्यक छ तर अहिले सम्म जग्गा नै प्राप्त भइसकेको छैन । विमानस्थल बनाउनका लागि जग्गा नभएकाे र जग्गाको खरिद तथा मुआब्जाको लागि बजेट नभएकाेले विमानस्थल बनाउने काम अघि बढ्न सकेको छैन । ’ जग्गाको मुआब्जा र रनवे विस्तारको लागि ५० करोड भन्दा बढि बजेट लाग्ने अनुमान गरिएको छ ।

रनवे विस्तारको लागि आएको बजेट खर्च गर्न नसकिने अवस्था देखिएपछि प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बैठक बसेकाे थियाे । बैठकले विमानस्थलको विस्तार गर्न आवश्यक भएको र साे काे लागि जग्गाको मुआब्जाको लागि अावश्यक रकम यकिन गरी बजेटका लागि सम्बन्धित निकायमा पठाउने निणर्य गरेकाे छ ।