वीरेन्द्रनगरबाट लागुऔषध सहित १ जना पक्राउ

सुर्खेतकाे वीरेन्द्रनगर ११ पिपिराबाट लागु औषध सहित १ जना पुरुष पक्राउ परेका छन । जिल्ला प्रमुख कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्ने व्यक्ति पिपिरा बस्ने प्रवेश सापकोटा रहेका छन ।

लागु औषधको कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी सुब्बाकुना सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।
उनलाई चेकजाँच गर्दा ७७० मिलिग्राम लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित फेलापारी नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ । नेपाली रैबारमा समाचार छ ।