पुर्व सांसद शान्ताको अचार, अध्यक्ष ओलीले गरे ४ हजारको ब्यापार

केही समय अगाडी देखी पुर्व सांसद शान्ता चौधरीले शान्ता आचार उद्योग खोलेर देशै भर आचार बिक्री गर्दै आएकी छन् । उनले आफुले तयार पारेको अचार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत बेचेकी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीसँग ४ हजार रुपैयाँ बराबरको टिमुर र लसुनको अचार खरिद गरेका छन् । आइतबार ओली निवास बालकोटमा चौधरी अचार बोकेर पुगेपछी उनले उक्त परिणामको अचार खरिद गरेका थिए ।

अचार खरिद गरेपछी एउटा फोटो सामाजिक संजाल फेसबुकमा अपलोड गर्दै अध्यक्ष ओलीले सो कुराको जानकारी दिएका हुन ।

अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् ‘शान्ता चौधरीले शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ । उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन् । मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ । शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना । शान्ताजीलाई बधाई ।’

पूर्व सांसद चौधरीले आफूले उद्योग सञ्चालन गरी अचार उत्पादन गरेकोमा अध्यक्ष ओलीले खुसी व्यक्त गरेको बताइन् । खास गरी मैले अचार बेच्नका लागि भन्दा पनी अध्यक्षको प्रतिकृया लिनका लागि पुगेको थिए । अध्यक्ष ज्यूको प्रतिक्रीयाले म थप उत्साहीत भएको छु, उनले भनिन । राजनीतिमा लाग्ने व्यक्ति आफ्नो व्यवसायमा आत्मनिर्भर हुनुपर्छ, उद्यम व्यवसायतर्फ जोडिनुपर्छ भन्ने पार्टी अध्यक्षको प्रेरणाबाट नै आफूले अचार उद्योग सुरु गरेको उल्लेख गरिन् ।