सुर्खेतमा भारतिय सुटरले चलाए गोली, ४ जना पक्राउ

सुर्खेतमा भारतिय सुटरले गोली चलाएका छन् । तरुण दलका जिल्ला सदस्य विनोद गिरीलाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ । सोही आरोपमा प्रहरीले चारजनालाई पक्राउ समेत गरेको छ । वीरेन्द्रनगर(१ कालागाउँ देउती थाननजिकै रातको ९ बजेतिर गिरी चढेको गाडीलाई लक्षित गरी गोली प्रहार भएको थियो । गोलि प्रहारबाट गिरी चढेको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ४ जनाको परिचय प्रहरीले खुलाएको छैन । गिरीलाई लक्षित गोली हान्ने भारतीय सुटर भएको स्रोतले बतायो । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको छ ।