एम्बुलेन्समा ५२ किलो गाँजासहित १ जना पक्राउ

एम्बुलेन्समा ५२ किलो गाँजासहित १ जना पक्राउ गरेको छ ।
धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित अवैध लागू औषध गाँजा मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारी चालक जयदेवलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । एम्बुलेन्स जस्तो भरपर्दो सवारीमा यस्तो क्रियाकलाप भैरहदा आगामी दिनमा अझ विशेष सावधानी अपनाउने पर्ने प्रहरीले जनाएको छ ।