प्रसुती गृहबाट हराएकी बालिकाको उद्दार, बालिकाचोरी गर्ने ३ जना प्रक्राउ

काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति गृहबाट हराएकी बालिका को उद्दार गरिएको छ । बालिका चोरीको गरेकाे कसुरमा ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन।
शुक्रबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुको विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रसूति गृहबाट बालिकाको चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ । पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन ।
उक्त बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका-३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन । उनलाई सीसी टिभि फुटेज मार्फत देखिएको हो ।