वीरेन्द्रनगरमा परमेश्वरको मन्डली विश्व सुसमाचार समाजको सरसफाई अभियान

परमेश्वरको मन्डली विश्व सुसमाचार समाज सुर्खेतले “७७८६ औ विश्वव्यापी वातावरण सरसफाई अभियान” सम्पन्न गरेको छ ।
फागुन १० गते वीरेन्द्रनगरको मुख्यक्षेत्र बुद्धपथ लाईन र हटियालाईनमा सुसमाचार समाजका महासचिव पास्टर गिम जु छलको नेतृत्वमा ८५ देखी १०० जनाको सहभागितामा सरसफाई अभियान संचालन गरिएको थियो ।

सरसफाईमा सहभागी आशिष जैशीले बजार सरसफाई गरेर पुर्ण रुपमा स्वच्छ बनाउने भन्दा पनी बजार सरसफाई आफैले गर्नु पर्छ भन्ने सन्देश दिनका लागि यो कार्यक्रम आयोजना गरिएको बताएका छन् । उनले भने “केही हद सम्म सरसफाई पनी हुन्छ, त्यो भन्दा पनी महत्वपुर्ण कुरा हामीले जथाभावी फोहोर गर्न हुदैन भन्ने सन्देस पनी जान्छ ।”

सरसफाईमा वीरेन्द्रनगरका उपमेयर निलकन्ठ खनाल, राम जानकी टोल बिकास समितिका अध्यक्ष भिम बि.सी., एमाले प्रदेश कमिटी सदस्य ध्रुव थापा, सुनचाँदी ब्यावसायी संघका अध्यक्ष ज्ञान बहादुर बिश्वकर्मा, प्रथम उपाध्यक्ष अाेम बहादुर बि.क. लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

समाजले देशैभर यस प्रकारकाे सरसफाइ अभियान संचालन भएकाे र पहिले पनी यस प्रकारकाे सामाजिक कार्य गर्दै अाएकाे र फेरी पनी गर्ने जानकारी दिएकाे छ ।