हुम्लामा सरकारी रकम हिनामिना, ६ जना विरुद्ध भष्टाचारको मुद्दा

हुम्ला चंखेली गाउँपालिका ३ स्थित वडा कार्यालयको फिल्ड निर्माण योजनामा रकम हिनामिना गरी भष्टचारको अभियोगमा तत्कालीन प्रशासकिय अधिकृत सहित ६ जनाविरुद्ध भष्टाचारको मद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इञ्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । यसैगरी, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी र कोषाअध्यक्ष डल्ली बुढाले वास्तविक रुपमा भएको कार्यभन्दा बढी भुक्तानी माग गरी ११ लाख ९४ हजार ४२६ रुपियाँ भुक्तानी लिने कार्य गरी भ्रष्टाचार गरेको ठहर अख्तियारको छ ।
उक्त उजुरीका आधारमा अनुसन्धान हुँदा फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाइ हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार एवम् स्वीकृत गरी ११ लाख ९४ हजार ४२६ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको पुष्टि भएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ड को उपदफा (घ) बमोजिमको कसुर गरेकले ऐडीलाई सोही दफा ८(३) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।