कोरियाको लोभमा ९ लाखको ठगी, एक जना पक्राउ

कोरिया पठाइदिन्छु भन्दै ९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका-१४ घर भई काठमाडौं सामाखुसी बस्ने ३५ वर्षीय बाबुराम थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापाले ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक २ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
उनले प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी रकम ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । नेपाललाइभ मा समाचार छ ।