हुलाक टिकटमा रुकुमका सहिद कामी बुढाको फोटो

नेपालको व्यवस्था परिवर्तन एवं विभिन्न राजनैतिक आन्दोलनका धरोहरहरू सहिद कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल (अभागी) र ऐतिहासिक व्यक्तित्व साहाना प्रधान सहित प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।
सहिद कामी बुढाको रुकुम पश्चिम मुसिकोट नगरपालिका १० खर्सपानीमा जन्म भएको थियो । उनको फोटो हुलाक टिकटमा छापिएपछि राष्ट्रिय स्तरमा परिचित भएकाे भन्दै नेकपा माअाेवादी केन्द्र मुसीकाेटले धन्यबाद ज्ञापन गरेकाे छ ।