सुर्खेतको वीरेन्द्रनगरमा तेस्रो कर्णाली एक्स्पोको तयारी अन्तिम चरणमा

कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन हुन लागेको लागेको तेस्रो कर्णाली एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगरको कर्णाली रंगशालाको उत्तरतर्फको मैदानमा सञ्चालन गर्न लागिएको महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको छ ।
यस महोत्सवमा कर्णालीका रैथाने बालीको प्रर्वधन, कर्णालीकाे साँकृतिलाई सम्वर्धन र उधोग तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्नका लागि आयोजना गर्न लागेको उधोग वाणिज्य संघका अध्यक्षको लक्ष्मण कँडेलको भनाई छ । उधमीका आर्गानिक उत्पादनलाई विषेश स्थान दिइ प्रर्वद्धन गर्न सहज हुने अध्यक्ष कँडेलले बताए ।
यहीँ फागुन १४ गतेबाट सञ्चालन गर्न लागिएको महोत्सव स्थलमा अहिले पाँच सय स्टल निर्माणको काम जारी रहेको कँडेल बताउँछन । कर्णाली प्रदेश उद्योग, पर्यटन, जडीबुटीलगायत अन्य स्रोत तथा साधनहरूको प्रचार-प्रसार गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचार गर्ने, कर्णालीकाे रैथाने बालीको व्यावसायिक खेती तथा प्रचार-प्रसार, औषधिजन्य जडीबुटीको पहिचान, खेती र बजारीकरण, खनिजहरूको खोजतलास, तथा व्यापारिकरण गर्न यस मेलाले सहयोग पुर्‍याउने विश्वास लिएको कँडेल बताउँछन ।
साथै, महोत्सव प्रवेश गर्ने मुख्य गेटमा कर्णालीकै प्रमुख धार्मिक पर्यटकीय स्थल देउती बज्यैको प्रतिमा निर्माण गर्न लागिएको छ । साथै, महोत्सवमा सेल्फी प्वाइन्टहरु राखिनेछ । महोत्सवमा स्थानीय कलाकारसँगै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागी रहने संघले जनाएको छ ।