सुर्खेतमा चल्दै गरेको पल्सर बाईकमा आगलागी

सुर्खेतमा चल्दै गरेको पल्सर १५० सिसिको बाईकमा आगलागी भएको छ । सु.प.३९०३ नम्बरको गुडदै गरेको बाईकमा आगलागी भएको हो ।

दैलेख चामुन्डाका चालक योगेन्द्र शाहीका अनुसार उनी उमा पेट्रोल पम्पबाट फुल ट्याङकी तेल हालेर एरिचोकबाट तातापानी तर्फ जाँदै थिए । एक्कासी खुट्टामा तातो महसुस भएपछी उनले एकछेउमा रोकेर हेर्दा आगो लागिसकेको थियो ।

नजिकै रहेका स्थानियहरुको सहयोगमा आगो निभाउन बालुवा, पानी हालेपनी आगो नियन्त्रण गर्न सकिएको थिएन । नजिकै रहेका प्रहरीले समेत आगो निभाउने प्रयास गरेका थिए तर आगो नियन्त्रण हुन सकेन ।

आगलागी भएको लगभग १५ मिनेटमै वीरेन्द्रनगर नगरपालिकाको दमकल घटना स्थलमा पुगीसकेको भएपनी त्यो बेला सम्म मोटरसाईकल जलेर पुर्ण रुपमा क्षती भैसकेको थियो ।