चरणबद्ध आन्दोलन गर्दै अनेरास्ववियु

नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निणर्य गरेको छ ।
यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निणर्य सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै चरणबद्ध आन्दोलन गर्ने निणर्य गरेको छ ।
यस्तै, विद्यालय शिक्षासम्बन्धी विधेयक सुझावसहित पारित गर्न माग गरिएको छ । संगठनले विधानबमोजिम केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनीत गर्दा ३० वर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निणर्य गरेको छ ।
बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ ।
पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकारनिकट विद्यार्थी संगठनहरूले कानुन हातमा लिएर अराजकता मच्चाउँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए ।
शिक्षा क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सरकारको ध्यानाकर्षण गराउने र यसका निम्ति सडकमा जाने निणर्य भएको उनले बताए ।
अनेरास्ववियुले अखिल पाठशाला कार्यक्रम सञ्चालन, स्ववियु कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने, कणर्ाली प्रदेशसहित दुर्गम क्षेत्रमा हवाई भाडामा ३३ प्रतिशत विद्यार्थी छुटका निम्ति सरकारलाई दबाब दिनेलगायत निणर्य गरेको छ । १२ खरीमा समाचार छ ।