आजबाट जोडियो बराहतालमा लम्की सबस्टेशनको लाईन ।

वीरेन्द्रनगरमा कम भोल्टेजका कारण बिद्युत सप्लाईमा समस्या देखिएका बेला बिकल्पकका रुपमा हेरिएको लम्की बाबियाचौर सम्मको ३३ के भि लाईनले पुर्णता पाएको छ । करिब १ बर्ष अगाडि लम्की सब्सटेशन बाट आएको ३३ केभी लाईन बाबियाचौर सम्म आईपुगेको थियो । बाबियाचौरबाट बराहताल हुँदै पृतना सम्म परिक्षण भने भएको थिएन । बाबियाचौर सम्म ३३ केभी आएपनी बराहताल हुँदै पृतना सम्म जोडिएको लाईन भने ३३ केभी नभई ११ केभी हो ।

३३ केभी संरचनामा ११ केभी प्रसारण आज गरिएको छ । सुर्खेतमा भईरहेको बिधुत लोड घटाउन यसले ठूलो मदत गर्ने अशा गरिएको छ । सुर्खेतमा पछिल्लो समय बिधुत लोडका कारण भोल्टेजमा समस्या आउने गरेको छ । तर बाबियाचौर सबस्टेशन बाट बराहताल हुँदै पृतना सम्मको ११ केभी प्रसारण नियमित भएसंगै भोल्टेज धेरै सुधार हुने नेपाल बिधुत प्राधिकरण सुर्खेतका सुपरभाईजर पुर्ण खत्रीले जानकारी दिएका छन् ।

तर यो प्रसारण दिगोको लागि भने होइन । बाबियाचौर देखि बिरेन्द्रनगर सम्मको ३३ केभीको संरचना पूरा भएपछि ११ केभी लाईन काटिनेछ । बन्न लागेको हुर्के सबस्टेशनबाट बराहताल भरी बिधुतिकरण गरिनेछ हालसम्म बराहतालमा १,२,५,८,९,१० वडामा बिधुतीकरण भएको छ भने ३,४,६ र ७ मा बिधुतीकरण हुन बाकी छ तर ४ नम्बर वडा सम्म बत्तीबाल्ने कार्ययोजना रहेको पुर्ण खत्रीले बताएका छन् ।