शर्मिला श्रेष्ठसहित ६ जना कलाकार विरुद्ध ईन्द्रेणीका कृष्ण कडेलले दिए मुद्दा

चर्चित लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले कलाकार शर्मिला श्रेष्ठसहित ६ जना कलाकार विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन ।
इन्द्रेणी बाट बाहिरीसकेपछि ६ जनाले संयूक्त रूपमा सामाजिक संजालमा कृष्ण कडेल बिरूद्द नकरात्मक कुरा गर्न सुरु गरेका थिए । फाल्गुन २ गत्ते पत्रकार सम्मेलन गरी शर्मिला सहित ६ जना कलाकारले श्रम शोषण गरेको आरोप लगाएका थिए ।
शुक्रबार पत्रकार सम्मेलन गरि अाराेपकाे खन्डन गरेका कडेलले दुखद घडीमा साथ दिएका भाईहरुले पनि आरोप लगाए भन्दै दुख्ख ब्यक्त गरेका थिए । यदि यौन र्दुब्यवहार गरेको भए ३ वर्ष पहिले के हेर्नु भएको थियो भनी श्रेष्ठमाथि प्रश्न समेत गरेका थिए ।
इन्द्रेणीबाट निकालिएको भनी आरोप लगाउने शर्मिला सहितलाई प्रतिवादी बनाएर कँडेलले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन ।
यस क्रममा शर्मिलाले इन्द्रेणी सञ्चालक कँडेलले ‘यौन दुर्व्यवहार’ गरेको गम्भीर आरोपसमेत लगाएकी थिइन ।