दिल्लीमा आगलागीका कारण चार जना घाइते, ११ जना मजदुरको मृत्यु

भारतको राजधानी दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको र ४ जना घाइते भएको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले बताए । दुर्घटनामा दिल्ली प्रहरी १ जना घाइते भएको पनि बताए । अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन । आगलागीका सबै पीडितहरू कारखानाका मजदुरहरू थिए ।
घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आगलागी उत्तरपश्चिम दिल्लीको आवासीय क्षेत्रको छेउमा अवस्थित रङ (पेन्ट) उत्पादन गर्ने कारखानामा आगलागी भएको हो ।
आगलागीका कारण वरपरका घरहरू प्रभावित भएका छन भने अग्निनियन्त्रण विभागका कर्मचारीहरूको निरन्तरको सहयोगमा कम्तीमा चार घण्टापछि शुक्रबार बिहानसम्ममा आगो नियन्त्रणमा आएको थियो ।
नजिकैका घरहरू तथा पसलहरूमा आगो लागेपछि ठूलो विस्फोटको आवाज सुनिएकोले त्रसित छन । तर आगलागीको कारण अहिलेसम्म थाहा हुन नसकेको स्थानीयहरूले बताएका छ् ।