दुग्ध विकास संस्थानका महाप्रबन्धकलाई कार्यकक्षमै कालोमोसो, अनियमितता र भ्रष्टाचारकाे आरोप

दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई उनको कार्यकक्षमै कालोमोसो दलेर अनियमितता र भ्रष्टाचारमा आरोप लगाएका छन ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यकर्ताले लैनचौरस्थित डीडीसीको कार्यालयभित्रै पसेर झालाई मोसो दलेका हुन ।
डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले मोसो दलेको हो ।
संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर झालाई मोसो दलिएको स्वीकारेका छन । मोसो दल्ने क्रममा झाको कार्यकक्षमै हात हालाहालसमेत भएको छ ।
गत माघ २९ गते यही संगठनका कार्यकर्ताले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोसो दलेर र्दुब्यवहार गरेका थिए ।