गाँउ फर्किएका घनश्याम जसले निर्माण गरे आफु अध्ययन गरेको बिद्यालयमा मन्दिर निर्माण

आफनो पुर्खाले खालि खुट्टा दौडेर स्थापना गरेका बिद्यालय, कयौ दिन पुरै गाँउ उर्लेर श्रमदान बाट स्थापना गरेको बिद्यालयका भौतिक संरचना, बिद्यालयको एक कुनामा एउटा सानो सरस्वतीको मन्दिर र हरेक दिन १० बजे लाईन लागिसकेपछी त्यसलाई घुमेर कक्षा कोठा प्रवेश गर्ने दैनिकी, अनी हरेक बर्ष सरस्वती पुजाका दिन सबै शिक्षकहरुको उपस्थितीमा सबै साथी भाईमिलेर सामुहिक रुपमा गरिएको सरस्वती पुजा ।

यही सम्झना संगाल्दै आफनौ शैक्षिक प्रगति हासिल गरेर पारिवारिक ब्यवस्थापनको काम सकेर उचाई हासिल गरेका घनश्याम खड्का, मनमा केही सन्तोष मिलोसर आफुलाई जस्तै नयाँ बिद्यार्थीहरुका बिचमा पनी एउटा सस्कारले निरन्तरता पाओस भन्ने लागि रहेको थियो । यही आकाक्षालाई पुरा गर्न उनि आफुले अध्ययन गरेको बिद्यालयमा पुगे र सरस्वती मन्दिरलाई नयाँ निर्माण र ब्यवस्थित गर्ने चाहना रहेको निवेदन गरे । बिद्यालय र समुदायले उनलाई बिद्यालय हाता भित्र सरस्वती मन्दिर भएकै स्थानमा सरस्वती मन्दिर निर्माण गर्ने अनुमती दियो र उनले २०७० सालमा मन्दिरको स्थापना गरे ।

सबै पुगेको सम्झीरहेका खड्कालाई २०७१ सालको बाढीले ठुलो पिडा दिएर गयो । पारिवारिक र सामाजिक सुख सयल प्राप्त गरेका उनलाई एउटा असन्तोष मनमा गढेर बस्यो । उनले अध्ययन गर्ने बिद्यालय र उनले बर्षौ बर्ष पुजा गरेर पुनः नयाँ सोचका साथ निर्माण गरेको आस्थाको केन्द्र सरस्वती मन्दिर सहित नामो निसानै नरहने गरी बाढिले बगाएर लग्यो ।

२०४४ सालमा हरिहरपुर ६ पाग्मा भन्ने स्थामा बुवा मोतिराम खड्का र आमा देवीसरा खडेकाको कोखमा जन्मिएका उनी ३ सन्तान मध्यका कान्छा हुन् । महेन्द्र रत्न क्याम्पस ताहाचल काठमान्डौबाट अंग्रेजी भाष शास्त्रमा एम.एड.गरेका उनले मध्यपश्चिम बिश्वबिद्यालयबाट फोकलर साईन्समा एम.ए. समेत गरिसकेका छन् ।
सानैदेखी उनलाई कुनै पनी कक्षामा दोश्रो हुनु परेन । सबै कक्षामा पहिलो हुदै शिक्षाको यो उचाई हाँसिल गरेका उनी सामाजिक सेवाका लागि भन्दै राजनितीमा पनी उत्तीकै सक्रिय छन् । उनलाई नेकपा एमालेले जिल्ला कमिटी सदस्यका रुपमा समेत संगठित गरेको छ । कलाकारिता क्षेत्रमा रुचि राख्ने उनी लोक तथा दोहोरी गित प्रतिष्ठानको मानार्थ सदस्य समेत रहेका छन् । लोकबर्ता बिज्ञान तथा अनुसन्धान प्रतिष्ठान नेपालको महासचिव रहेका उनी लायन्स क्लव ३२४ एन को जोन चियर पर्सन समेत हुन । सानै देखी पढाईमा अब्बल हुनु र शिक्षाले नै समाज परिवर्तन गर्न सकिन्छ भन्ने बुझेका उनले आफनो मुख्य पेशा शिक्षालाई नै बनाएका छन् । उनी हाल वीरेन्द्रनगरमै कहलिएको बिद्यालय सुर्खेत होराईजन एकेडेमीका प्रिन्सिपलका रुपमा रहेका छन् ।
आफनो भनेको आफनै हुन्छ । उनका लागि अँझ त्यो पुर्खाको चिनारी थियो, जसमा आफनो मेहनत र लगानी सहित सपना जोडिएको थियो । उनलाई सफलताको बाटोमा हिडन प्रेरित गर्ने एउटा आस्थाको धरोहर थियो । मन्द गतिले दुखीरहने घाउ जसरी उनको मनमा यो पिडा बिझेर बसेको थियो ।

सिंगो बिद्यालयको पुर्ननिर्माण उनको क्षमता भन्दा बाहिरको कुरा थियो । पिडा दबाएर बस्नु बाहेक उनिसंग अर्को बिकल्प थिएन । तर पनी उनको समाज, जो हरेक दुःखमा जुरुक्क उठेर हातेमालो गर्छ । त्यसमा पनी अझ अर्को सकारात्म पाटो उनलाई पढाएका शिक्षक टेक बहादुर कार्की त्यो बिद्यालयका प्रधानाध्यापक थिए । बिद्यालय निर्माणमा पुरै समाज जुरुक्क उठ्यो र पुर्ननिर्माणमा जुट्यो । टेक बहादुर कार्की जसले शिक्षक र प्रधानाध्यापकको मात्रै जिम्मेवारी पुरा गरेर बसेनन । त्यो भन्दा माथी उठेर सिंगो बिद्यालय पुर्ननिर्माणका लागि दौडिए ।
हेर्दा हेर्दै बिद्यालयले एउटा आकार लियो । बिद्यालयमा पठन पाठन सुरु भयो । यो कुराले केही हद सम्म सन्तोष त दिलायो तर घनश्याम खड्काको मनमा गहिरो संग बिझेको सरस्वती मन्दिरको झझल्को अझै मेटिएको थिएन । उनले जसरी पनी सरस्वती मन्दिर र बिद्यार्थीहरुको आस्थालाई जोगाई राख्न पुनः सरस्वती मन्दिर बनाउने संकल्प मनमा पालि सकेका थिए ।
आफनो बिद्यालय जहाँ उनि बिभिन्न बाहाना खोजेर पुग्ने गर्थे । सिंगो समुदायलाई आई परेको बज्रपात त्यो बज्रपातलाई सामना गर्न एकोहोरो दौडिरहेका प्रधानाध्यापक र त्यही दौडमा होस्टेमा हैसे गरिरहेका सोही बिद्यालयका पुर्व बिद्यार्थी तथा वडा अध्यक्ष भिम बहादुर सावद । सिंगो बिद्यालयलाई पुर्ननिमाण गर्न कन्दनी कसेर लागेका उनिहरुको संगको भेट, पुनः मन्दिर निर्माण गर्ने अवसरका रुपमा आईपुग्यो । खड्काले तुरुन्तै मन्दिर आफैले निर्माण गर्ने उद्घोष गरे ।

मन्दिर निर्माण गर्ने उद्घोष गरे लगत्तै तयारी पनी थाले तर कोरोना संक्रमणको समस्या देखा पर्यो देशै लकडाउनको चपेटामा पर्यो । उनी मन्दिर निर्माणको तयारी भन्दा अगाडी जान सकेनन । मन्दिर निर्माणको सपनालाई थाती राख्नु पर्ने भयो । यस्तै समस्याले केही समय उनलाई पछाडी धकेली दियो । र अन्ततः उनले २०८० फागुन २ गते सरस्वती पुजाकै दिन पारेर नयाँ बनेको बिद्यालयमा नयाँ सरस्वती मन्दिरको स्थापना गरेर बिद्यालयको ईतिहाँसमा नयाँ खुसी दर्ज गरिदिएका छन् ।
उनि भन्छन, पैसा, सम्पत्ती र सुख सयल मात्रैले खुसी प्रदान गर्न नसक्दो रहेछ । भौतिक सुख सुबिधाका बिचमा आत्मसन्ुतष्टी पनी गज्वको पाटो रहेछ । मलाई पुर्खाको चिनो र आफुले सधै पुजा गरेर बिस्वास जितेको मन्दिर भक्तीए पछी लामो समय सम्म एक प्रकारको अदृष्य दुखाई फिल भैरहेको थियो । आज मैले यो मन्दिर निर्माण गरेर सदाका लागि त्यो दुखाई को अन्त्य संगै मेरो जिवनमा कहिल्यै नसकिने खुसी प्राप्त त गरेको छु नै, यो निर्माणका क्रममा एउटा गज्जवको पाठ सिक्ने मौका पाएको छु ।
मेरो समुदाय जहाँ म हुर्किए बढें र पढें, बिपतको घडीमा सबै जना एउटै आवाजमा जुटेर जसरी रातारात एउटा सिंगो बिद्यालय निर्माण गरिदियो र दुख्ख बिर्साउने काम गर्यो । यसले मलाई सामुहिक उत्तरदायित्व र धेरै जनाको हातेमालोको हिसाव सिकाई दिएको छ ।
उनले भनेका छन मेरो अर्को लक्ष्य, यही सिकाई र सामुहिक शक्तीको धु्रवसत्य मान्यतालाई आत्मसाथ गर्दै पुर्व बिद्यार्थीहरुमाझ सामुहिकरुपमा बिद्यालय प्रतिको उत्तरदायित्व निर्वाहका लागि वातावरण सृजना गर्ने र बिद्यालयलाई पुर्ण र सुविधा सम्पन्न बनाएर आगामी दिनमा अध्ययन गर्न आएको पुस्तालाई अब्बल र दक्ष बनाउनका लागि गतिलो बिद्यालय स्थापित गर्ने ।