गाजाँको आरोपमा २४ भारितए र २६ जनिा नेपालि प्रकाउ

ठूलो परिणामको प्रतिबन्धित लागुऔषध गाजाँसहित १४ जना भारतीय नागरिक र दुई नेपाली गरी १६ जना पक्राउ परेका छन् । धरानको बेस क्याम्पमा सवारी चेकचाज गर्ने क्रममा इलाका प्रहरी कार्यालयको टोलीले १ सय ४९ केजी गाजाँसहित १४ भारतीय र धरान ११ बाट ८८ केजी गाँजासहित दुईजना नेपालीलाई पक्राउ गरिएको धरानका डीएसपी नमराज मल्लले बताए ।

सवारी चेकजाच गर्ने क्रममा भारतीय नम्बर प्लेटको बीआर १० एजे ४४८६, बीआर १० पी ९१५४ र एमपी १७ टिए ०५१२ नम्बरको गाडीमा लोड गरी धनकुटाबाट धरानतर्फ आउँदै गर्दा गाँजा कारोवारमा संलग्न हुनेहरुलाइ प्रकाउ गरिएको हो ।
धनकुटाको सहिदभूमि गाउँपालिकामा उत्पादन हुने गाँजा स्थानीय तस्करसँग मिलेर भारतीयहरूले खरिद गरि लैजाने गरेका थिए । प्रहरीले तीनवटै गाडीका चालकसहित १४ जनाविरुद्ध जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरदै छ ।