सुर्खेतको होराईजन ऐकेडेमीमा फुड फेस्टीभल संचालन

सुर्खेतको होराईजन एकेडेमीले बिद्यालय परिसरमै फुड फेस्टीभल कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा कक्षा ४ देखी कक्षा १० सम्मका बिद्यार्थीहरु सहभागी भएको बिद्यालयका प्रिन्सीपल घनश्याम खड्काले जानकारी दिए ।

सहभागी बिद्यार्थीहरुलाई ४ ओटा हाउस (ग्रुप)मा बिभाजन गराएर खानाको तयारी गर्ने, पकाउने, ब्यवस्थापन गर्ने र सरसफाई गर्ने कुरामा प्रतिष्प्रधा गराईएको थियो ।

सहभागी बिद्यार्थीहरुले सेलरोटी, मासु, अचार र पकौडा जस्ता खाने कुरा बनाएर प्रतिष्प्रधामा भाग लिएका थिए भने बिद्यार्थीहरुले बनाएको खाने कुरा शिक्षक बिद्यार्थीहरुले खाएर खानाको स्वाद कसरी मिठो बनाउने, कसरी छिटो तरिकाले खाना बनाउने, भान्सामा प्रयोग हुने भाँडा वर्तन देखी अन्य कुराहरु कसरी ब्यवस्थापन गर्ने र बिषेश गरी भान्सालाई कसरी सफा राख्ने बिषयमा छलफल समेत गरेका थिए ।

बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान दिनका लागि यो कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रिन्सीपल घनश्याम खडकाले जानकारी दिए । उनले भने हामीले बिद्यार्थीहरुलाई हरेक दिन पाठ्यक्रमअनुसार सिकाई रहेका हुन्छौ तर यसले बिद्यार्थीहरुलाई पुर्ण रुपले ब्यवहारिक रुपमा काम गर्न सक्ने बनाउन सक्दैन । त्यसैले हरेक बिद्यार्थीहरुले आई परेका बतख खाना बनाउ, बुवा आमालाई सघाउन, र अन्य घरायसी काम काज गर्न सकुन भन्ने उद्श्यले यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी बिद्यार्थी भाईबहिनीहरुलाई हाम्रा शिक्षिकाहरुले तरकारी काट्न, चक्कु समाउन, भाँडा वर्तनहरु सफा गर्न, मिलाएर राख्न र खाना कसरी स्वादिलो बनाउने भन्नेकुराहरु प्रत्यक्ष सहभागी भएर सिकाएका थिए ।

प्रिन्सीपल खड्काले भने हामीले बिद्यार्थीहरुलाई कसरी जुनसुकै काममा पनी पोख्त र सक्षम बनाउन सकिन्छ भनेर सोचिरहेका हुन्छौ । त्यसैले यो प्रकारका अन्य कार्यक्रमहरु पनी संचालन गर्ने गरेका छौ ।

हाउस अनुसारकाे प्रतिष्प्रधामा रेड हाउसले सबै भन्दा मिठाे र सफा खाना बनाएकाे भन्दै बिद्यालयले पुरस्कृत समेत गरेकाे थियाे ।