एक किशाेर द्धारा किशाेरीको बलात्कार, पेटमा गर्भ

दाङमा १६ वर्षीया किशाेरीको पेटमा गर्भ रहेको खुलेपछी बलात्कार आरोपमा प्रहरीले एक जना किशाेरलाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालकिा १२ की १६ वर्षीया किशाेरीको पेटमा ६ महनिाको गर्भ रहेको खुलेको हो । जसपछी पीडित परिवारले जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए ।
पीडित परविारको जाहेरीपछी प्रहरीले १७ वर्षीया किशाेरलाई पक्राउ गरेको हो । गत असारमा कशिोरले किशाेरीलाई हापुरस्थति खजुरे सामुदायिक वनमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख भएको कार्यालयका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
माघ १६ गतेदेखी किशाेरी बेपत्ता थइिन । किशाेरले नै विवाह गर्ने भन्दै किशाेरीलाई घरमा लगेको पछी खुलेको थियेा ।
प्रहरीका अनुसार माघ २० गते पनी आरोपतिले किशाेरीमाथी बलात्कार गरेको जाहेरीमा उल्लेख छ । उनीहरू दुबै जना एउटै विद्यालयका हुन । किशाेरी कक्षा ८ मा र किशाेर कक्षा ११ मा पढ्ने गर्थे।
प्रहरीले किशाेरिमाथी जबरजस्ती करणी कसुरमा अनुसन्धान अघी बढाएको छ ।
मुलुकी अपराध संहतिा २०७४ को दफा २१९ उपदफा ९२० बमोजिम १८ वर्ष मुनिकाे किशाेरीमाथी मञ्जुरीमै करणी गरेपनी बलात्कार नै ठहरिने कानुनी व्यवस्था छ ।
उक्त उपदफामा भनिएको छ, कसैले कुनै महलिालाई नजिको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लएिर भए पनी अठार वर्षभन्दा कम उमेरको कुनै बालकिालाई करणी गरेमा नजिले त्यस्तो महलिा वा बालकिालाई जबरजस्ती गरेको माननिेछ ।’ सेतोपाटीमा समाचार छ ।