थारु कलाकारको महाधिवेशन सुरु, मन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गरीन

राष्ट्रिय थारु कलाकार मञ्चको पहिलो महाधिवेशन शनिबारबाट सौराहामा सुरु भएको छ । महाधिवेशनको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गरिन । महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने जनाइएको छ ।
राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष विरबहादुर चौधरीका अनुसार मञ्चको २६ जिल्लामा कार्य समिति गठन भएका छन । अन्य जिल्लाहरुमा पनि कार्य समिति चयन हुने बताए ।
संगठन विस्तार भएका जिल्लाबाट पाँचजना प्रतिनिधि र एक जना पर्यवेक्षक सहभागी छन ।
पाँच वर्षअघि गठन भएको मञ्चले संगठन बिस्तार गर्नुका साथै नेतृत्व विकास, थारु भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन गर्न र थारु समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय भएको अध्यक्ष चौधरीले बताए । थारु समुदायका कमीकम्जोरी लाई निवारण गर्ने पनि बताए ।
थारु समुदायका पौराणिक र परम्परागत गीत नृत्यदेखि थारु परिकारसम्म अधिवेशनका समयमा प्रस्तुत हुने उनले बताए ।