घरमा लुकाइ राखेको हरिणको सिङ र गाजा बरामद, एक महिला प्रक्राउ

मोरङको रंगेली ७ चिनामारीबाट गाजा र हरिणको सिङसहित एक महिला पक्राउ परेकी छिन ।
५५ वर्षीय सागर देवीले आफ्नो घरमा लुकाइ राखेको अवस्थामा १ केजी ६९७ ग्राम गाजा र ४ थान हरिणको सिंह फेला परेको छ । मोरङ इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाइँले बताए । थप जानकारी अनुसन्धान गरी उनलाई लागूऔषध ओसार पसारमा मुद्दा दर्ता गरिने चौलागाइँले बताए ।