विभिन्न प्रदेशहरुमा वर्षा र हिमपात हुनसक्ने


हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ । कणर्ाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले पूर्वानुमान गरेको छ । सेतोपाटीमा समाचार छ