दाङमा भ्यान र मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङमा पिकअप भ्यान र मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु
लमही-भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका- ५ कमलरोड नजिकै शुक्रबार राति रोल्पादेखि घोराही जाँदै गरेको बा १८ च ८६१८ नम्बरको पिकअप गाडी र पश्चिमदेखि पूर्व जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनामा भएको छ ।
उक्त दुर्घटनामा परी मोटरसाइकल चालक राप्ती गाउँपालिका- ८ पिपरी निवासी २७ बर्षिय सुनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले, जनाएको छ ।
गम्भीर अवस्थामा चौधरीलाई उपचारको लागि लमही अस्पताल लगिएको थियो। अस्पताल लग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । भ्यान पिकप गाडीका चालक शुद्वोधन गाउँपालिका- २ बस्ने आस्वीन सुनार पनि घाइते भएका छन । उनको भैरहवामा उपचार भइरहेको छ ।
मृतक मोटरसाइकल चालकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।