बुद्ध एयरले ल्यायो ‘भ्यालेनटाइन्स डे’ अफर

बुद्ध एयरले ‘भ्यालेनटाइन्स डे’ अफर ल्याएको छ । अफरअन्तर्गत माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्काे टिक निःशुल्क पाउने अफर दिएको छ ।

माउन्टेन फ्लाइटको टिकट मूल्य १३ हजार ९९९ रुपैयाँ छ । १४ फेब्रुअरी मा फ्लाइट हुने यो अफर पाउनको लागि यात्रुले फेब्रुअरी २ देखि फेब्रुअरी १३ सम्म टिकट बुक गरिसक्नुपर्ने छ ।

अफरमा यात्रुलाई एक विन्डो सिट र विन्डो सेयरिङ सिट सँगै उक्त दिन बुद्ध एयरले उडान भर्ने यात्रुहरूलाई थप गिफ्ट पनि दिने अफर ल्याउको छ ।