९ हजार घुस लिने वडाध्यक्षलाई ९ हजार जरिमाना, एक महिना कैद

बाँकेमा ९ हजार घुस लिने कार्यवाहक वडाध्यक्षलाई एक महिना कैद हुने भएको छ । विशेष अदालतले बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कबडियालाई एक महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेको छ ।
उक्त वडा कार्यालयमा वडाध्यक्ष नभएको समयमा अनुदानका लागि सिफारिस गर्न ९ हजार रुपयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर मुद्दामा विशेष अदालतले उनलाई कैद र जरिवानाको फैसला सुनाएको हो ।
विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले प्रतिवादी कबडियालाई दोषी ठहर गरेको हो ।
कबडियाले पशु फार्म निर्माण सम्पन्न गरेपछि अनुदान रकम प्राप्त गर्न सिफारिस माग गर्दा कार्यवाहक वडाध्यक्षको भूमिकामा रहेका वडासदस्य कवडियाले ९ हजार घुस मागेका थिए ।