राप्ती नदीमा छाडियाे १० वटा घडियाल गोही

माघ १९ गते बाँकेस्थित राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ । विश्व सिमसार दिवसका अवसरमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका १ स्थित राप्ती नदीको कुसुम बैरिया–भम्का जोड्ने घाटमा एउटा भालेगोहिसहित १० वटा गोही छाडिएको हो ।

सोही अवसरमा बोल्दै वन तथा वातावरण मन्त्रालयका उपसचिव लक्ष्मण पौडेलले गोही र घडियाल घट्दै गएकोले वातावरणमा समस्या पर्ने हुँदा सोका लागिनै घडियाल गोहि नदीमा छोडिएको बताउनुभयो ।

होमस्टे महासंघका महासचिव कृष्ण चौधरीले यस क्षेत्रमा बालुवा चोरेर सुन खोज्ने तथा माछा मारेर जिविका चलाउनेको बसोबास धेरै रहेकोले यस क्षेत्रलाई होमस्टेसहितको पर्यटकीय क्षेत्र बनाउनुपर्ने माग पनि गर्नुभयो ।