डीभी भिसाको प्रलाेभनमा नक्कली शैक्षिक प्रमाणपत्र, १० जना डिभी होल्डर प्रक्राउ

डीभी भिसाको प्रलाेभनमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएकाे अाराेपमा १० जना प्रक्राउ डिभी होल्डर प्रक्राउ ।
अमेरिकाको इलेक्ट्रिोनिक्स डाइभरसिटी भिसा (ईडीभी) परेर भिसा प्रक्रियामा रहेका तर शैक्षिक योग्यता नपुगेका डीभी होल्डर’सहित १० जना पक्राउ परेका छन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंस्थित अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो । डीभी परेकाहरूले एसएलसी र प्लसटुको नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेस गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाका विवेक उपाध्याय, मकवानपुरका भगवती उप्रेती, लमजुङका रोना गुरुङ, ललितपुरका सञ्जय महर्जन, चितवनका सुमन ढकाल, सिरहाका सक्षम अर्याल, सर्लाहीका सुरज अधिकारी, दोलखाका अशोक श्रेष्ठ, पर्साका पुरुषोत्तम मल्लिक र सर्लाहीका स्वणर्िम दाहाल छन । सन २०२३ का लागि डीभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो ।
भिसा आवेदनका लागि उनीहरूले एसएलसी र प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार माघ १६ गते प्रहरीको विशेष टोलीले महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट विवेकसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखित सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको रेग्मीले बताए ।