बाजुरामा मध्यराति चट्याङ, एक वृद्धको मृत्यु

बाजुरामा गयराती चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । बुधबार राति चट्याङ लागेर खप्तड छेडेदह गाउँपालिका–२ का ८४ वर्षीय दलबहादुर बुढाको मृत्यु भएको हो ।
गहिरो निन्द्रा परेको समयमा घरमा चट्याङ परेको थियो । उक्त घरमा चट्याङ लागेर अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।