पोखरामा एक जना इन्जिनियरको मृत्यु

पोखरामा छतबाट खसेर एक जना इन्जिनियरको मृत्यु भएको छ ।
निर्माण कै क्रममा रहेको होटेलको छतबाट खसेर इन्जिनियरको मृत्यु भएको छ । मङ्गलवार लेक साइडमा निर्माण भइरहेको होटलबाट खसेर ३७ वर्षका इन्जिनियर प्रवीण भट्टराईको मृत्यु भएको हो ।
चिनीमाया भण्डारीको होटेलको पाँचौँ तलामा सोलार चेकजाँच गर्ने क्रममा अचानक चिप्लिएर उनी खसेका थिए । गम्भीर घाइते भट्टराईको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनी न्युरोडस्थित मुक्ति इनर्जीबाट त्यहा खटिएका थिए । भट्टराईको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको वैदाम प्रहरीले जनाएको छ ।