नेताहरूको फिल्मी मोह, केपी ओली र ज्ञानेन्द्र शाहीपछि हर्क साम्पाङ पनि पर्दामा देखिने

नेताहरुको फिल्ममा मोह जागेपछि केपी ओली र ज्ञानेन्द्र शाहीपछि हर्क साम्पाङ पनि पर्दामा देखिने भएका छन् । मेयर राईले चलचित्र ‘खजुरे ब्रो’ अतिथि कलाकारको भूमिकाको काम गर्ने भएका छन । चलचित्रमा मेयर साम्पाङको विशेष भूमिका रहेको छ ।

धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर त्यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्यले नगरप्रमुखलाई विशेष भूमिकामा खेलाइएको हो । ‘खजुरे ब्रो’ पारिवारिक व्यंग्यामत्मक ‘लाइट कमेडी’ मा आधारित चलचित्र हो ।
निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’मा रेयर राई, महेश त्रिपाठी, नीति शाह मुख्य भूमिकामा रहेको छन ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि फिल्ममा काम गरी स्वीकृति जनाइसकेका छन । ओली र शाहीले रमित ढुंगानाको निर्देशनमा बन्ने नमेटिने घाउमा अभिनय गर्न लागेका हुन ।